पहिरोले बर्सेनि सास्ती

 네팔에서 수년간 지속적으로 발생하고 있는 산사태로 수백만 헥타르의 토지가 손실되고, 수백명의 이재민이 발생하고 있는 현재 자연재해에 대한 네팔 정부의 안전대책이 시급하다는 지적이다.

स्थानीय तहका जनप्रतिनिधि प्राकृतिक विपद् रोक्नभन्दा पनि बढाउन बढी केन्द्रित भएकामा पहिरो प्रभावित बासिन्दा आक्रोश पोख्छन्। ‘स्थानीय तहमा जनप्रतिनिधि आएपछि पहिरो नियन्त्रणसँगै प्राकृतिक विपद् रोक्न केही गर्लान् कि भन्ने आश थियो’, पाँचथर फालेलुङ–७ का चन्द्रबहादुर खत्री भन्छन्, ‘तर स्काभेटरले जथाभावी सडक खन्ने भएर पहिरो झनै बढाए।’ प्रदेश १ मा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र तेह्रथुम पहिरोको उच्च जोखिममा छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठन (नास्ट)को अध्ययनअनुसार ताप्लेजुङ पहिरोको उच्च जोखिम भएको जिल्ला हो। यहाँका तत्कालीन हाङ्देवा र चाक्सिोबोटे गाविसमा केही समयअघि गरिएको अध्ययनले यस्तो देखाएको नास्टका अध्ययनकर्ता दीपक पौडेलले बताए। ताप्लेजुङका केही बजार र बस्ती नै उच्च जोखिमममा रहेका बताउँदै उनले भने, ‘ओलाङ्चुङ्गोला बजार पहिरोले तान्दै छ, हाङ्देवामा पहिरो फैलँदै छ, चाक्सिबोटेमा पनि धेरै पहिरो छन्, सबै जोखिमा छन्।’
ताप्लेजुङका प्रायः प्रत्येक स्थानीय तहमा पहिरोको समस्या भए पनि नियन्त्रण गर्न सरकारले प्रभावकारी काम गरेको पाइँदैन। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनुअघि भू–संरक्षण कार्यालयले तारजाली र बिरुवा बाँडेर केही स्थानमा वृक्षरोपण गर्नेबाहेक खासै प्रभावकारी काम गरेको छैन। झापास्थित जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयले यहाँ वार्षिक एक करोडभन्दा बढी खर्च गरिरहेको छ। भिरालो जमिन, बस्ती आसपासमा जथाभावी सडक निर्माण हुँदा गर्दा पहिरो रोकथाम हुन सकेको छैन। पछिल्लो समय स्थानीय तहले वृक्षरोपणका लागि केही बजेट छुट्ट्याए पनि पहिरो रोक्न भनेर हालसम्म कुनै तहले बजेट विनियोजन गरेका छैनन्। विसं १९८२ देखि सुरु भएको हाङ्देवा पहिरोले जिल्लालाई बर्सेनि पिरोल्छ । प्रहरी कार्यालयको तथ्यांक नियाल्दा जिल्लामा पहिरो नगएको वर्ष छैन। हाङ्देवाको हिरेवा, चिनेवा, कटहरे, लिवाङ, खोक्लिङ, नाङ्खोल्याङ, लिंखिम, फुरुम्बु, सिनाम, आङ्खोप, फूलबारी, निगुरादिन, तापेथोक, याम्फुदिन, थुम्बेदिनमा बर्सेनि पहिरो बग्ने गर्छ।
फुङ्लिङ नगरपालिका भित्रको हाङ्देवाको पहिरोको आसपासमा ५० भन्दा बढी परिवार छन्। पहिरोले विस्थापित हुनेहरू बढिरहेका छन्। विसं २०००, ०१५, ०१८, ०२०, ०२५, ०३४, ०३७, ०४५, ०५०, ०५९, ०६०, ०६१, ०७२ र ०७३ सालका पहिरोलाई सबैभन्दा ठूलो मानिएको छ । पहिरो रोक्ने विभिन्न समयमा अध्ययन टोलीले प्रतिवेदन तयार गरे पनि समस्या उस्तै छ।
पाँचथरमा गाउँगाउँसम्म सडक विस्तार हुन थालेपछि पहिरो जाने क्रम बढेको बूढापाकाको ठम्याइ छ। ‘उहिले पनि मुसलधारे पानी पथ्र्यो,’ फालेलुङ–७ का चन्द्रबहादुर खत्री भन्छन्, ‘अहिलेजस्तो पहिरोको पिरलो खेप्नु पर्दैनथ्यो, फाट्टफुट्ट पहिरो जान्थ्यो तर धनजनको ठूलो क्षति हुँदैनथ्यो।’ फाल्गुनन्द गाउँपालिका–३ स्थित पांग्रे भीरको पहिरोले मेची राजमार्ग अवरुद्ध हुने गरेको छ। गत वर्ष साउन २ को पहिरोले दुई हप्ता सवारी साधन चलेनन्। अहिले पनि पानी पर्नासाथ त्यहाँ पहिरो झरिहाल्छ।
राजमार्ग अवरुद्ध हुँदा पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई क्षेत्रका बासिन्दाको जनजीवन प्रभावित हुन्छ। ‘पानी पर्नासाथ पहिरो बगेर सडक अवरुद्ध हुन्छ’, राँकेका राजकुमार नेम्बाङले भने, ‘पहिरो पन्छाउँदै चालकहरूले सवारी सञ्चालन गर्नुहुन्छ। पहिरो समस्या हल नभए ठूलो धनजनको क्षति हुने सम्भावना छ।’ करिब दुई दशकपछि जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेपछि सडक विस्तार पहिलो प्राथमिकतामा छ। विस्तृत अध्ययनबिना भीरपाखामा डोजर चलाउँदा पहिरोको जोखिम बढेको छ। पाँचथरका कुनै पनि स्थानीय तहले पहिरो नियन्त्रण गर्न बजेट छुट्ट्याएका छैनन्।
इलामको रोङ–४ को प्युरे गाउँमा चार वर्षअघि गएको पहिरोमा विस्थापितको व्यवस्थापन गर्न नपाउँदै साउन पहिलो साताको वर्षाले थप चार परिवार विस्थापित भए। यो गाउँ पहिरोको उच्च जोखिममा छ। २०७३ मा पूरै पहाड सोरिएर टिमाइ खोलासम्म आइपुग्दा स्थानीय भीमबहादुर मगर, बलबहादुर मगर, यामबहादुर मगर, यामप्रसाद मगर, दील बहादुर राई, ठालुमान बस्नेत, भुवन बस्नेत, पूर्णभक्त लाप्चा विस्थापित भए।
चार वर्षसम्म पहिरो रोकिएपछि बाँकी रहेको जग्गामा बसोबाससँगै खेती गर्न थालेपछि फेरि पुरानै समस्या दोहोरिएकाले स्थानीय विस्थापित भएका गाउँपालिका अध्यक्ष शमशेर राईले जानकारी दिए। सो पहिरो रोक्नु त परको कुरा, विस्थापितलाई स्थापित गराउने पहलसमेत भएको छैन। इलाम नगरपालिका–१२ साङरुम्बाको सटके पहिरोको पीडा पनि कम छैन। पूरै गाउँ बगाएको सो पहिरोको कहर अहिले पनि उस्तै रहेको बताउँछन् स्थानीय कृष्ण बस्नेत। एक करोडभन्दा बढीको बजेटले पहिरो रोकथाम भए पनि बर्सेनि भत्किने क्रम रोकिएको छैन।
केही वर्षअघि जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरले पहिरो थाम्न तार र बाँस प्रयोग गरे पनि सो कार्य प्रभावकारी बनेको छैन। पहिरो हरेक स्थानीय तहका जनप्रतिनिधिका लागि टाउको दुखाइको विषय बनेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिंगो बताउँछन्। चुरेको आधाभन्दा बढी क्षेत्र पर्ने माङ्सेबुङमा एक सयभन्दा बढी पहिरो रहेको जानकारी उनले दिए। इलाममा पहिरो प्रभावित क्षेत्रलाई जोखिमको श्रेणीमा राख्नेबाहेक अन्य काम भएको छैन। नेपाल रेडक्रस सोसाइटी इलामका अनुसार इलाममा १० भन्दा बढी ठूला पहिरो छन्।
जिल्ला विपद् व्यवस्थापन समितिले चुलाचुली, रोङ, माङ्सेबुङ, सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाको साङरुम्बा क्षेत्रलाई विपद् जोखिम क्षेत्रमाको छ। बाढी पहिरोबाट जनधनको क्षति न्यूनीकरण गर्न इलामका स्थानीय तहले जनचेतना, राहत र उद्धारको तयारी गरेका छन्


साभार : सीताराम गुरागाई, अन्नपूर्णा पोस्ट २४,साउन २०७७

 

*위 정보는 한국뉴스와 협약을 맺은 외국인센터 객원기자에 의해 정리되었습니다.

저작권자 © 한국뉴스 무단전재 및 재배포 금지